काठमाडौं । बाढी र पहिरोले देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार, काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका विभिन्न जिल्लामा सडक अवरोध कायम रहेको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्ण भिर र गजुरी गाउँपालिका-२ स्थित परेवा भिरमा पहिरो खसेका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भदौ १४ गतेदेखि नै यी स्थानमा पहिरो खस्ने क्रम जारी रहँदा यातायात ठप्प भएको हो।
ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडामा भदौ १५ गते दिउँसो खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सवारी साधन चलाउन पाइने छैन भने दिउँसोको समयमा परिस्थितिको मूल्याङ्कन गरेर मात्र सवारी छोडिने प्रहरीले जनाएको छ।
नुवाकोटको बेत्रावतीस्थित सिमिटारमा बाढीका कारण पासाङ ल्हामु सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै, टोखा(छहरे सडक खण्डको घट्टेखोलामा बाढी र पहिरोको जोखिमका कारण राती १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा बाढीका कारण त्रिशुली-मैलुङ्ग-स्याफ्रुबेसी सडक खण्ड लामो समयदेखि अवरुद्ध छ। यसका साथै जिल्लाका अन्य मुख्य राजमार्गहरू पनि बाढीका कारण भदौ १० गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता...
काठमाडौँ । बाढीपछि त्रिशूली-थ्री ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत विद्युत् गृहमा रहेका कर्मचारीको छैटौँ दिनसम्म पनि उद्धार हुन सकेको छैन। उद्धार टोलीले आइतबार आयोजनाको ‘केबल एक्सेस...
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-१० मा पर्ने बेत्रावतीस्थित एउटै घरभित्र २४ जनाको शव फेला परेको छ। भदौ १० गते बुधवारको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा...
काठमाडौं । विपदबाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भदौ १० गतेदेखि नै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, औषधि,...
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। भेटमा रसुवाको भोटेकोशी नदीमा आएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend