Nepal Face
  • सोमबार, १५ भाद्र २०८३
  • रसुवागढी हाइड्रोको सुरुङमा कोही नभेटिएपछि धुन्चे फर्कियो उद्धार टोली


    सोमबार, भाद्र १५ २०८३
    90
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङबाट नेपाली सेनाको टोली फर्किएको छ ।

    सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जानकारी गराएको छ ।

    सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो ।

    उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

    सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार