काठमाडौँ। भोटेकोसीको बाढीले पुरिएपछि उद्धारको काम जारी रहेको माथिल्लो त्रिशूली ३ ‘ए’को टनेलबाट पम्पिङ गरेर पानी बाहिर फ्याँक्ने तयारी गरिएको छ।
१० भदौको बाढीपछि ६० मेगावाट क्षमताको त्रिशूली ३ ‘ए’को टनेलमा ३८ जना फसेको अनुमान छ। यहाँ उद्धारकार्य हिजो रातभरी पनि अटुट रुपमा जारी रहेको थियो।
केवल टनेल पोर्टल सफा गर्ने क्रममा आज बिहान ३ बजे बिस्फोट गरेर टनेलको मुख खोलिएको थियो। त्यस पश्चात केवल टनेलमा पानी रहेको पाइएपछि वाटर पम्पसेट प्रयोग गरी पानी निकाल्न थालिएको हो।
पानी फाल्ने कामलाई थप प्रभावकारी बनाउन ठूलो क्षमताको थप डीजी सेट तथा पम्पसेट लगायतका उपकरण समेत साइट पुगिसकेको छ। टनेलको मुखतर्फ रहेका ढुङ्गा माटोको थुप्रो हटाइ भित्र प्रवेश गर्न सकिने मार्ग तयार भइरहेको उद्धार कर्ताले बताएका छन्।
उद्धार कार्यलाई थप प्रभावकारी हुनेगरी सञ्चालन गर्न र आवश्यक सबै संयन्त्रहरु परिचालन गर्नसमेतका लागि उर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराजभक्त श्रेष्ठ, प्राधिकरणका संचालक सुनिल कुमार ढुङ्गेल, कार्यकारी निर्देशकसहितको टोली उद्धार कार्य स्थलमा जाँदैछन्।
त्यहाँ प्राधिकरणका उप-कार्यकारीका अतिरिक्त भूगर्भविद् लगायतका विज्ञ टोली उद्धार कार्य स्थलमा पुगि अन्य विकल्पहरुको अध्ययन गरिरहेको उर्जा मन्त्रालयले जनाएको छ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend