Nepal Face
  • सोमबार, १५ भाद्र २०८३
  • माथिल्लो त्रिशूली ३ ‘ए’को टनेलबाट पम्पिङ गरेर फ्याँक्न थालियो पानी


    सोमबार, भाद्र १५ २०८३
    90
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। भोटेकोसीको बाढीले पुरिएपछि उद्धारको काम जारी रहेको माथिल्लो त्रिशूली ३ ‘ए’को टनेलबाट पम्पिङ गरेर पानी बाहिर फ्याँक्ने तयारी गरिएको छ।

    १० भदौको बाढीपछि ६० मेगावाट क्षमताको त्रिशूली ३ ‘ए’को टनेलमा ३८ जना फसेको अनुमान छ। यहाँ उद्धारकार्य हिजो रातभरी पनि अटुट रुपमा जारी रहेको थियो।

    केवल टनेल पोर्टल सफा गर्ने क्रममा आज बिहान ३ बजे बिस्फोट गरेर टनेलको मुख खोलिएको थियो। त्यस पश्चात केवल टनेलमा पानी रहेको पाइएपछि वाटर पम्पसेट प्रयोग गरी पानी निकाल्न थालिएको हो।

    पानी फाल्ने कामलाई थप प्रभावकारी बनाउन ठूलो क्षमताको थप डीजी सेट तथा पम्पसेट लगायतका उपकरण समेत साइट पुगिसकेको छ। टनेलको मुखतर्फ रहेका ढुङ्गा माटोको थुप्रो हटाइ भित्र प्रवेश गर्न सकिने मार्ग तयार भइरहेको उद्धार कर्ताले बताएका छन्।

    उद्धार कार्यलाई थप प्रभावकारी हुनेगरी सञ्‍चालन गर्न र आवश्यक सबै संयन्त्रहरु परिचालन गर्नसमेतका लागि उर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराजभक्त श्रेष्ठ, प्राधिकरणका संचालक सुनिल कुमार ढुङ्गेल, कार्यकारी निर्देशकसहितको टोली उद्धार कार्य स्थलमा जाँदैछन्।

    त्यहाँ प्राधिकरणका उप-कार्यकारीका अतिरिक्त भूगर्भविद् लगायतका विज्ञ टोली उद्धार कार्य स्थलमा पुगि अन्य विकल्पहरुको अध्ययन गरिरहेको उर्जा मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार