काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ आज सोमबार भोटेकोसी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना क्षेत्रको निरीक्षणमा जाँदै छन्। मन्त्री श्रेष्ठ अहिले बिहान ९ बजे काठमाडौँबाट प्रस्थान गरी नुवाकोट हुँदै रसुवामा अवस्थित जलविद्युत् आयोजना स्थल पुग्नेछन्।
मन्त्रीको सचिवालयकाअनुसार स्थलमार्गबाट नुवाकोट पुगेर मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रमा उद्धार र राहतको अवस्थाबारे जानकारी लिनेछन्। बत्ती नपुगेका ठाउँमा वैकल्पिक ऊर्जा सोलारको व्यवस्थापन उपायबारे छलफल हुनेछ।
मन्त्री श्रेष्ठ त्रिशूलीको बट्टारस्थित क्याम्पमा जानेछन्। त्यहाँबाट मन्त्री श्रेष्ठ हेलिकप्टरमार्फत रसुवा जानेछन्।
त्यहाँ उनले जलविद्युत् आयोजनाको सुरुङमार्ग क्षेत्रमा भइरहेको उद्धारको अवस्था र कठिनाइ, क्षतिको विवरणबारे जानकारी लिनेछन्। त्यहाँबाट फर्केर उनले नुवाकोटस्थित नेपाली सेनाको एकीकृत उद्धार शिविर पुग्नेछन्।
शिविरमा उनले उद्धार र राहतको अवस्थाबारे जानकारी लिनेछन्। नुवाकोटमै मन्त्री श्रेष्ठले सुरुङमार्गमा फसेका कमर्चारीहरुको परिवारसँग पनि भेट्ने कार्यक्रम छ।
नुवाकोटमा मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको टिमसँग छलफल तथा आवश्यक सहजीकरण र निर्देशन दिने मन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३...
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (सोमबार) बस्ने भएको छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार बैठक बिहान ११:०० बजे सिंहदरबारस्थित...
काठमाडौं । राहत र उद्दारका लागि दक्ष जनशक्ति र सुरक्षाकर्मी जानुपर्ने ओसार्ने सेनाको हेलिकोप्टरमा रास्वपाका सांसद सागर ढकाल गए । उनी सेनाको हेलिकोप्टरमा गएनन्,...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा अत्यावश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिन अहोरात्र लागिरहेकी छन्...
काठमाडौं । नेकपा(एमाले)का उपमहासचिव योगेश भट्टराईले वालेन्द्र शाह नेतृत्वको सरकारलाई यो महाविपत्तिमा सरकारले गर्नुपर्ने कामहरुको बारेमा ध्यानाकर्षण गराएका छन् । भट्टराईले सामाजिक संजालमा लेखेका छन्–यो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend