Nepal Face
  • आइतबार, १४ भाद्र २०८३
  • पैदल यात्रुसमेत हिंड्न नमिल्ने गरी भासियो कृष्णभीरको सडक, पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प


    आइतबार, भाद्र १४ २०८३
    145
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धादिङ। धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा सडक ठूलो मात्रामा भासिएपछि पृथ्वी राजमार्गको आवतजावत पूर्णरूपमा ठप्प भएको छ। सडकको अवस्था यति जोखिमपूर्ण बनेको छ कि पैदल यात्रुलाई समेत आवतजावत गर्न कठिन भएको छ।

    गजुड़री गाउँपालिकाको-२ परेवाभीर क्षेत्रमा सडक भासिएपछि राजमार्गको अवस्था थप जोखिमपूर्ण बनेको हो। त्रिशूली नदीमा बढेको जलस्तरका कारण सडकको जग कमजोर बन्दै गएपछि सडक भासिएको प्रारम्भिक अनुमान गरिएको छ।

    सडक भासिएपछि दुवैतर्फको यातायात पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ। सडक थप भासिन सक्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई उक्त क्षेत्रमा आवतजावत नगर्न प्रहरीले आग्रह गरेको छ।

    सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्ग हुँदै पोखरा, काठमाडौं, चितवनलगायतका तराईका जिल्लातर्फ आवतजावत गर्ने यात्रु प्रभावित भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार