Nepal Face
  • आइतबार, १४ भाद्र २०८३
  • रसुवा बाढी: मृतकको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन


    आइतबार, भाद्र १४ २०८३
    145
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भीषण बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा मृत्यु भएका ७५२ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिउँसो १ बजेसम्मको विवरण सार्वजनिक गर्दै मृत्यु पुष्टि भएकाको संख्या ७५२ पुगेको जनाएको हो।

    प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। चितवनमा २५९, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ तथा रसुवामा १३ जनाको शव फेला परेको छ।

    विपद्का घटनामा २३९ जना घाइते भएका छन्। उनीहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्राधिकरणले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार