काठमाडौँ। त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका श्रमिकको खोज तथा उद्धारका लागि फ्रन्ट फेसबाट चारवटा प्वाल ड्रिलिङ गर्ने काम सम्पन्न भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार ड्रिलिङबाट प्राप्त प्रगतिलाई आधार बनाएर अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार अघि बढाउने तयारी भइरहेको छ।
उद्धार अभियानलाई सुरक्षित र प्रभावकारी बनाउन आवश्यक प्राविधिक तयारीसँगै सम्बन्धित निकायबीच समन्वयको काम पनि निरन्तर भइरहेको सचिवालयले जनाएको छ।
सुरुङभित्रको अवस्था पहिचान तथा प्रवेशका लागि आवश्यक प्राविधिक प्रक्रिया अघि बढेसँगै उद्धार टोलीलाई सुरुङभित्र पठाउने तयारी गरिएको हो।
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा अत्यावश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिन अहोरात्र लागिरहेकी छन्...
धादिङ। धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा सडक ठूलो मात्रामा भासिएपछि पृथ्वी राजमार्गको आवतजावत पूर्णरूपमा ठप्प भएको छ। सडकको अवस्था यति जोखिमपूर्ण बनेको छ...
काठमाडौँ । भीषण बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा मृत्यु भएका ७५२ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिउँसो...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ आयोजनाको सुरुङमा फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले सुरुङ फेला पारेको छ । तीन दिनदेखि निरन्तर उद्धारमा खटेको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको विषयमा अहिलेसम्म भइरहेको कामको जानकारी लिएका छन् । आइतबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend