Nepal Face
  • शनिबार, १३ भाद्र २०८३
  • काठमाडौं–मुग्लिङ सडक पूर्णरूपमा सञ्चालनमा आयो


    शनिबार, भाद्र १३ २०८३
    55
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीका कारण अवरुद्ध भएको काठमाडौं–चितवन मुग्लिङ सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।

    नेपाल प्रहरीले उक्त सडकखण्ड हाल पूर्णरूपमा सुचारु रहेको जनाएको छ । प्रहरीका अनुसार धादिङको बैरेनी बजारमा भने करिब एक किलोमिटर सडकखण्डमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको छ । बाढीको लेदो पन्छाएपछि सडक खुलेको हो ।

    सो क्षेत्रमा सवारी आवागमन व्यवस्थापनका लागि आवश्यक सावधानी अपनाइएको प्रहरीले जनाएको छ ।

    यही भदौ १० गते चीनको तिब्बततर्फबाट नेपाल प्रवेश गरेको बाढीका कारण काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडकखण्ड अवरुद्ध भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार