काठमाडौँ । नेपाल प्रहरीले रसुवाको भोटेकोशी लगायतका क्षेत्रमा आएको भीषण बाढी र पहिरोको पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको छ। तथ्याङ्क अनुसार देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ।
प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार फेला परेका ६१६ शवहरू मध्ये सबैभन्दा बढी चितवन जिल्लामा २३३ जना रहेका छन्।
त्यसैगरी नवलपरासी पूर्वमा १५८ जना, गोरखामा ४८ जना, नवलपरासी पश्चिममा ४७ जना, धादिङमा ४५ जना नुवाकोटमा ४१ जना तनहुँमा ३१ जना रसुवामा १३ जनाको शव फेला परेको छ
विपद्को चपेटामा परेका २,३०१ जनाको उद्धार गरिएको छ। जसमध्ये नुवाकोटबाट १,६२२ जना, रसुवाबाट ६७६ जना र धादिङबाट ३ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेहरूको संख्या १४० पुगेको छ।
उद्धार तथा राहत कार्यका लागि देशभर ४,८११ जना प्रहरी कर्मचारी परिचालित छन्।
काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीका कारण अवरुद्ध भएको काठमाडौं–चितवन मुग्लिङ सडकखण्ड पुनः सञ्चालनमा आएको छ । नेपाल प्रहरीले उक्त सडकखण्ड हाल पूर्णरूपमा सुचारु रहेको...
काठमाडौं । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा माटोमुनि पुरिएकी ६ बर्षीया बालिकाको सशस्त्र प्रहरीले शुक्रबार साँझ उद्धार गरेको छ । भोटेकोशी बाढीमा परेकाहरुको खोजी तथा...
काठमाडौँ। प्रहरीचौकी बेत्रावतीका प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको शव नारायणी नदीमा फेला परेको छ। बुधबार रसुवास्थित भोटेकोसीमा आएको बाढीपछि पौडेल पनि बेपत्ता थिए। नुवाकोट...
काठमाडौँ। सरकारले गृह सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको हो। यसअघि उनी रक्षा मन्त्रालयको...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend