Nepal Face
  • शनिबार, १३ भाद्र २०८३
  • बेत्रावतीका असई रामकाजी पौडेलको शव नारायणीमा फेला


    शुक्रबार, भाद्र १२ २०८३
    165
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रहरीचौकी बेत्रावतीका प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको शव नारायणी नदीमा फेला परेको छ। बुधबार रसुवास्थित भोटेकोसीमा आएको बाढीपछि पौडेल पनि बेपत्ता थिए।

    नुवाकोट घर भएका पौडेलको सनाखत भएसँगै आफन्तले शव बुझेका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार परिवारले शुक्रबार देवघाटमा उनको दाहसंस्कार गरेका छन्।

    बेत्रावती प्रहरीचौकीमा १० जना कार्यरत थिए। ती मध्ये ९ जना बाढीआएपछि भाग्न सफल भएका थिए। तर पौडेल भने बेपत्ता थिए। रसुवाका अरु ५ वटा प्रहरी कार्यालयका २७ जना अझै बेपत्ता छन्।

    बाढीमा परेका बाँकेका २३ वर्षीय कविलाल चौधरीको पनि शव चितवनमा फेला परेको छ। उनको पनि सनाखत भएको प्रहरीले जानकारी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार