Nepal Face
  • शनिबार, १३ भाद्र २०८३
  • तत्काल ४२ वटा बेलिब्रिज बनाउन चीन र भारतसँग सरकारले गर्‍यो अनुरोध 


    शुक्रबार, भाद्र १२ २०८३
    175
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रको आवत जावत सुचारु गर्नका लागि भारत र चीनलाई तत्काल ४२ वटा बेलिब्रिज बनाइदिन अनुरोध गरेको छ ।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुवै देशलाई नेपाललाई तत्काल आवश्यक पर्ने बेलिब्रिजको संख्या उल्लेख गर्दै सहयोगको अनुरोध गरिएको हो।

    अहिले विदेशी दिने सहयोगलाई विपत् प्राधिकरणको माग अनुसार लिने व्यवस्था मिलाइएको छ । प्राधिकरणले तत्काल आवतजावत सुचारु गर्न ४२ वटा पुलको आवश्यकता पर्ने आंकलन गरेपछि सरकारले दुवै देशलाई अनुरोध गरेको हो ।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबारै नियमित पत्रकार सम्मेलनमा नेपाललाई आवश्यक परेको बेलामा बेलिब्रिज लगायतमा सहयोग गर्ने बताएका थिए ।

    रसुवा, नुवाकोट र धादिङमा बाढीले अधिकांस पुलहरू भत्काएको छ । त्यसका कारण मानिसहरू दुईतर्फी आवत जावत नै बन्द भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार