काठमाडौँ । चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा थुनिएको ताल फुटेको सूचना प्राप्त भएपछि रसुवा प्रशासनले नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ।
चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएकोले सतर्क रहन भनिएको अधिकारीहरुले बताएका छन् । त्यसलगत्तै सम्भावित जोखिमलाई ध्यानमा राखेर नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सूचना प्रवाह गरिएको बताइएको छ ।
चीनको तिब्बत स्वायत्त क्षेत्रमा छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास पहिरो तथा भग्नावशेषका कारण पानी थुनिएर ताल बनेको थियो।
यी नदीको पानी नेपालतर्फ आएपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीमा मिसिने भएकाले माथिल्लो क्षेत्रमा हुने परिवर्तनले तल्लो तटीय क्षेत्रमा जोखिम सिर्जना गर्न सक्ने भन्दै सतर्कता अपनाइएको हो।
यसअघि प्राप्त विवरणअनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो। आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान चीनको जलस्रोत मन्त्रालयले गरेको विवरण सार्वजनिक भएको थियो।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend