Nepal Face
  • शुक्रबार, १२ भाद्र २०८३
  • चीनतर्फ थुनिएको ताल फुटेको सूचना, तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह


    शुक्रबार, भाद्र १२ २०८३
    75
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा थुनिएको ताल फुटेको सूचना प्राप्त भएपछि रसुवा प्रशासनले नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ।

    चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएकोले सतर्क रहन भनिएको अधिकारीहरुले बताएका छन् । त्यसलगत्तै सम्भावित जोखिमलाई ध्यानमा राखेर नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सूचना प्रवाह गरिएको बताइएको छ ।

    चीनको तिब्बत स्वायत्त क्षेत्रमा छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास पहिरो तथा भग्नावशेषका कारण पानी थुनिएर ताल बनेको थियो।

    यी नदीको पानी नेपालतर्फ आएपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीमा मिसिने भएकाले माथिल्लो क्षेत्रमा हुने परिवर्तनले तल्लो तटीय क्षेत्रमा जोखिम सिर्जना गर्न सक्ने भन्दै सतर्कता अपनाइएको हो।

    यसअघि प्राप्त विवरणअनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो। आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान चीनको जलस्रोत मन्त्रालयले गरेको विवरण सार्वजनिक भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार