Nepal Face
  • शुक्रबार, १२ भाद्र २०८३
  • भारतको गण्डक नदीमा सातवटा शव फेला, नेपालबाट बगेर गएको आशंका


    शुक्रबार, भाद्र १२ २०८३
    110
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपालसँग सिमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशस्थित महाराजगन्जमा गण्डक (नारायणी) नदीमा चार शव र कुशीनगरमा तीन शव फेला परेका छन्।

    अधिकारीहरूका अनुसार ती शवमा पाँच महिला र दुई पुरुषका छन्। नेपालमा आएको भीषण बाढीले ती शव बगाएर भारत पुर्‍याएको आशंका गरिएको बीबीसी हिन्दीले जनाएको छ।

    सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीको निगरानी गर्दा तैरिरहेको अवस्थामा ती शव फेला परेका हुन्।

    टोलीले मोटरबोट प्रयोग गरेर नदीबाट शव निकालेर महाराजगन्ज र कुशीनगर जिल्ला सदरमुकाम पठाएको छ। शव अझै पहिचान हुन सकेको छैन।

    यस्तै कुशीनगरका अतिरिक्त प्रहरी अधीक्षक सिद्धार्थ वर्माले भनेका छन्, ‘कुशीनगरमा तीन शव फेला परेका छन्, जसमा दुई महिला र एक पुरुष छन्। तीनै जनाको शव फ्रिजरमा सुरक्षित राखिएको छ। पहिचान प्रक्रिया चलिरहेको छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार