काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित ८०२ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले बुधबार बिहानदेखि अपराह्न साढे ३ बजेसम्म ५० विदेशीसहित ६०२ जनाको हवाई तथा २०० जनाको जमिनी उद्धार गरेको हो।
सेनाका हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङ क्षेत्रबाट प्रभावितहरूको उद्धार गरिएको छ।
वीरेन्द्र अस्पतालबाट चिकित्सक अधिकृतसहित खटिएको मेडिकल टोलीले त्रिशूलीमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्रबाट ३३८ जना घाइतेलाई उपचार प्रदान गरेको छ।
खोज तथा उद्धारमा ड्रोन र सैनिक कुकुरसमेत परिचालन गरिएको छ। नेपाली सेनाका चार हजार दुई सयभन्दा बढी जनशक्तिले समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरण गरिरहेका छन्।
सेनाको टोली धादिङस्थित पृथ्वी राजमार्गमा जमेको लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यमा समेत खटिएको छ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend