Nepal Face
  • शनिबार, १३ भाद्र २०८३
  • चिनियाँ प्रधानमन्त्री ली बाढी प्रभावित क्षेत्र केरुङ आइपुगे


    बिहिबार, भाद्र ११ २०८३
    190
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। बाढीका कारण सयौँको हताहती भएपछि चिनियाँ प्रधानमन्त्री ली छियाङ तिब्बतको सीमावर्ती क्षेत्र केरुङ आइपुगेका छन् ।

    सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री लीलाई वरिष्ठ अधिकारीहरूको नेतृत्व सुम्पेर पठाएका हुन्।

    उनीहरूले उद्धार र राहत कारबाहीको निरीक्षण गर्नुका साथै प्रभावितहरूसँग भेटघाट गर्नेछन्।

    राष्ट्रपति सीले बुधबार नै उद्धार तथा राहतमा लाग्न मातहतका निकायलाई निर्देशन दिएका थिए। प्रधानमन्त्री लीले पनि चिनियाँ विदेश मन्त्रालयलाई नेपालसँग समन्वय गर्न भनेका थिए।

    सो क्षेत्रमा हालसम्म ३ जनाको शव फेला परेको छ भने ५५८ जना अझै बेपत्ता छन्। चिनियाँ विदेश मन्त्रालयका अनुसार नेपालमा पनि करिब १०० जना चिनियाँ नागरिक बेपत्ता छन्। खोजी र उद्धारका लागि नेपालसँग कुराकानी र समन्वय भइरहेको चिनियाँ पक्षले जनाएको छ।

    प्रधानमन्त्री लीका साथै १४१ जना उद्धारकर्ताहरू पनि बिहीबार मध्यान्न केरुङ आइपुगेका छन्। ड्रोनसहितका उपकरण प्रयोग गरी उनीहरू उद्धार कार्यमा खटिएका छन्।

    चिनियाँ जनमुक्ति सेनाको विमानले उद्धारकर्मीहरूलाई तिब्बत ल्याएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार