काठमाडौँ। बाढीका कारण सयौँको हताहती भएपछि चिनियाँ प्रधानमन्त्री ली छियाङ तिब्बतको सीमावर्ती क्षेत्र केरुङ आइपुगेका छन् ।
सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री लीलाई वरिष्ठ अधिकारीहरूको नेतृत्व सुम्पेर पठाएका हुन्।
उनीहरूले उद्धार र राहत कारबाहीको निरीक्षण गर्नुका साथै प्रभावितहरूसँग भेटघाट गर्नेछन्।
राष्ट्रपति सीले बुधबार नै उद्धार तथा राहतमा लाग्न मातहतका निकायलाई निर्देशन दिएका थिए। प्रधानमन्त्री लीले पनि चिनियाँ विदेश मन्त्रालयलाई नेपालसँग समन्वय गर्न भनेका थिए।
सो क्षेत्रमा हालसम्म ३ जनाको शव फेला परेको छ भने ५५८ जना अझै बेपत्ता छन्। चिनियाँ विदेश मन्त्रालयका अनुसार नेपालमा पनि करिब १०० जना चिनियाँ नागरिक बेपत्ता छन्। खोजी र उद्धारका लागि नेपालसँग कुराकानी र समन्वय भइरहेको चिनियाँ पक्षले जनाएको छ।
प्रधानमन्त्री लीका साथै १४१ जना उद्धारकर्ताहरू पनि बिहीबार मध्यान्न केरुङ आइपुगेका छन्। ड्रोनसहितका उपकरण प्रयोग गरी उनीहरू उद्धार कार्यमा खटिएका छन्।
चिनियाँ जनमुक्ति सेनाको विमानले उद्धारकर्मीहरूलाई तिब्बत ल्याएको थियो।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend