Nepal Face
  • शनिबार, १३ भाद्र २०८३
  • रसुवा बाढीमा १४ सय जना सम्पर्कविहीन, कहाँका कति ?


    बिहिबार, भाद्र ११ २०८३
    190
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भोटेकोसी बाढीका कारण रसुवा र नुवाकोटबाहेकका नेपाली र विदेशी गरी एक हजार ४३३ जना सम्पर्कविहीन रहेका छन्।

    राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, बिहीबार साढे २ बजेसम्म देशभरबाट सम्पर्कविहीन भएका नागरिकको तथ्यांक प्राप्त भएको छ।

    रसुवा र नुवाकोटबाहिक देशका सातै प्रदेशका ९१६ जना र विदेशी नागरिक ५१७ जना सम्पर्कविहीन भएका छन्। प्राधिकरणले रसुवा र नुवाकोटको छुट्टै तथ्यांक संकलन गरिरहेको छ।

    पछिल्लो तथ्यांकअनुसार, कोसी प्रदेशका ८० जना सम्पर्कविहीन भएका छन्। उनीहरू जलविद्युत कम्पनीमा कार्यरत कर्मचारी, व्यवसायी र व्यापारी रहेका छन्। उनीहरू ११ जिल्लाका रहेका छन्।

    त्यस्तै, मधेस प्रदेशका ३७, रसुवा र नुवाकोटबाहेकका बागमती प्रदेशका ४२० र गण्डकी प्रदेशका ८४ जना सम्पर्कविहीन भएका छन्।

    यसैगरी, लुम्बिनी प्रदेशका १०५, कर्णाली प्रदेशका ११८ र सुदूरपश्चिम प्रदेशका ७२ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार