काठमाडौं । नेपाल-चीन सीमास्थित रसुवागढी-केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबारे चीनले बेलैमा पूर्वसूचना नदिएको भन्ने आरोपलाई चिनियाँ दूतावासले खण्डन गरेको छ । दूतावासले यस्ता भनाइलाई पूर्णतः भ्रामक र असत्य रहेको छ ।
नेपालस्थित चिनियाँ दूतावासले सार्वजनिक गरिएको एक स्पष्टीकरण सन्देशमा चिनियाँ पक्षले नेपालमा लगाइएका दुई मुख्य आरोपहरू फेक रहेको स्पष्ट पारेको छ ।
दूतावासका अनुसार, चीनले नेपाली पक्षलाई पूर्वचेतावनी नदिएका कारण नेपालतर्फ ठूलो मानवीय क्षति हुन पुग्यो र चीनतर्फ रहेको भौगर्भिक विपद् बाँध भत्किएका कारण नेपालले ठूलो नोक्सानी व्यहोर्नुपर्यो भन्ने दुई आरोप गलत हुन् ।
चिनियाँ पक्षले यी आरोपहरूलाई नकार्दै वास्तविक घटनाक्रम फरक रहेको दाबी गरेको छ । दूतावासका अनुसार, २६ अगस्ट २०२६ को बिहान नेपालतर्फ नै भूकम्प वा भूकम्पकै झड्काजस्तो हिमपहिरो गएको थियो । सोही कारण विशाल पहिरो निम्तिएको र त्यसले रसुवागढी–केरुङ सीमा क्षेत्रका नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय क्षति पुर्याउनुका साथै मानिसहरू बेपत्ता भएका हुन् ।
विपद्को यस संवेदनशील घडीमा एक अर्कालाई दोषारोपण गर्नुको सट्टा मिलेर उद्धार तथा राहतमा खटिनुपर्ने सन्देश चीनले दिएको छ । दूतावासले भनेको छ, ‘आरोपले केही समाधान दिँदैन, सहकार्यले जीवन बचाउँछ ।’
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend