Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसे २५ बढी मजदुर


    बुधबार, भाद्र १० २०८३
    260
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा २५ भन्दा बढी मजदुर फसेका छन् ।

    २० मेगावाट जलविद्युत् आयोजनाको सुरुङमा ती मजदुर फसेको कम्पनीका प्रबन्ध निर्देशक तथा इप्पानका सचिव विजयमोहन भट्टराईले जानकारी दिए ।

    उनका अनुसार नदीको सतह भन्दा १ सय मिटरमाथि सुरुङमा काम गर्दै गरेका मजदुर फसेका छन् । उनीहरूको उद्धार हुन सकेको छैन । मोबाइल सम्पर्क समेत हुन सकेको छैन ।

    उनका अनुसार आयोजनामा ६० हाराहारी मजदुर काम गरिरहेका थिए । यी सबै कामदारबारे पूर्ण जानकारी आइसकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार