Nepal Face
  • बिहिबार, ११ भाद्र २०८३
  • रसुवा, नुवाकोट र धादिङलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय


    बुधबार, भाद्र १० २०८३
    125
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । तीन महिनाका लागि संकटग्रस्त घोषणा गरिएको हो ।

    मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले तीन जिल्लालाई संकट ग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक सम्पूर्ण काम गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रीहरूलाई आ( आफ्नो मन्त्रालयको क्षेत्र अन्तर्गत के(के आवश्यकता पर्छ त्यसका लागि फिल्डमै खटिन पनि निर्देशन दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार