Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • रसुवा बाढी: गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक सुरु


    बुधबार, भाद्र १० २०८३
    435
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। रसुवामा बाढीले ठुलो क्षति गरेको विषयमा गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मनसुन प्रतिकार्य कमान्ड पोस्टको आकस्मिक बैठक सुरु भएको छ।

    बुधबार बिहान भोटेकोसीमा आएको भीषण बाढीले रसुवाको टिमुरे बजार क्षेत्रमा ठूलो क्षति गरेको छ।

    लेन्दे खोला (भोटेकोसी) मा आएको बाढीले रसुवा नाकामा ठूलो क्षति गरेको रसुवाका सहायक सीडीओ ध्रुव प्रसाद अधिकारीले जानकारी दिए।

    ‘दुईवटा बजार तहसनहस भएको छ,’ अधिकारीले नेपालखबरसँग भने, ‘टिमुरे र सँगैको अर्को एउटा बजार तहसनहस भएको छ। रसुवा भन्सार क्षेत्रमा ठूलो स‌ङ्ख्यामा गाडीहरू र अन्य सामग्रीहरू थिए। ती सबै बाढीमा बगेका छन्।’

    अधिकारीले बाढीले बजार र भन्सार पुरै बगाएको बताए। गत वर्षको बाढीले बगेपछि भर्खरै निर्माण सम्पन्न भएको नयाँ पुल पनि बाढीले बगाएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार