काठमाडौँ । चीनको तिब्बततर्फबाट भोटेकोशी र त्रिशूली नदीमा ठुलो बाढी प्रवेश गरेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले भदौ १० गते बिहान करिब ९ बजेको समयमा तिब्बततर्फबाट भोटेकोशी नदीमा ठुलो मात्रामा पानीको बहाव प्रवेश गरेको हो।
यो बाढी अहिले रसुवा हुँदै नुवाकोटको विदुरभन्दा तल पुगिसकेको र यसले माथिल्लो क्षेत्रमा ठुलो क्षति पुर्याएको प्रारम्भिक सूचना प्राप्त भएको पराजुलीले बताए ।
पराजुलीले विभागले रसुवा, नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रहरूलाई उच्च जोखिमको सूचीमा राखेको जानकारी दिए । विशेष गरी त्रिशूली नदी र मर्स्याङ्दीको दोभान ९मुग्लिन० सम्मको क्षेत्रलाई अति उच्च जोखिम मानिएको छ। बाढी मुग्लिनसम्म पुग्न करिब ४ देखि ५ घण्टा लाग्ने अनुमान गरिएको छ, त्यसैले आज बेलुकीसम्म नै विशेष सावधानी अपनाउनु पर्ने पराजुलीले बताए ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै विभागले पृथ्वी राजमार्ग र त्रिशूली नदी किनारका अन्य कोरिडोर राजमार्गहरूमा आवागमन नगर्न र सम्भव भएसम्म यातायात बन्द गर्न सुझाव दिएको छ।
नदी किनारका बस्ती, घर र कृषि क्षेत्रमा रहेका नागरिकहरूलाई तत्काल सुरक्षित र उचाइ भएको स्थानमा जान पनि आग्रह गरिएको पराजुलीले बताए ।
त्रिशूलीमा पानीको सतह बढ्दा तादी, बुढीगण्डकी र मलेखु लगायतका सहायक नदीहरूमा पनि पानी फर्किने हुनसक्ने भएकाले ती क्षेत्रमा पनि सावधानी अपनाउन भनिएको उनको भनाइ छ ।
यो बाढी वर्षाका कारण नभई आकस्मिक रूपमा आएको देखिएकाले तिब्बतमा हिमताल विस्फोट भएको हुनसक्ने आशङ्का गरिएको छ। यसबारे थप जानकारीका लागि चिनियाँ अधिकारीहरूसँग समन्वय र उपग्रहबाट अध्ययन भइरहेको पराजुलीले जानकारी दिए ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend