काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनअन्तर्गत गठित फैसला अध्ययन समितिले ११ वर्षको अवधिमा सर्वोच्च अदालतबाट भएका महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानुन व्यवसायीलाई अनुरोध गरेको छ।
समितिले २०७२ वैशाख १ देखि २०८२ चैत मसान्तसम्मका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला अध्ययनका लागि पठाउन आह्वान गरेको हो। प्राप्त फैसलाको अध्ययनपछि तयार हुने प्रतिवेदन सर्वोच्च अदालत बार एसोसिएसनलाई बुझाइनेछ।
सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतबाट भएका फैसलाको अध्ययन गर्न २०८२ भदौ १३ गते वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरेको संयोजकत्वमा समिति गठन गरेको थियो।
समितिको सहसंयोजकमा वरिष्ठ अधिवक्ता लभकुमार मैनाली छन्। प्रकाशबहादुर केसी, शरदप्रसाद कोइराला, माधवकुमार बस्नेत र कमलप्रसाद इटनी सदस्य छन् भने निर्मलप्रसाद उपाध्यायले सदस्य सचिवको जिम्मेवारी पाएका छन्।
समितिले सर्वोच्च अदालतबाट भएका तर औपचारिक रूपमा प्रकाशनमा नआएका महत्त्वपूर्ण फैसलासमेत संकलन गर्ने जनाएको छ। त्यस्ता फैसलासहित उपलब्ध सामग्रीको अध्ययन तथा विश्लेषण गरी समितिले प्रतिवेदन तयार पार्नेछ।
सर्वोच्च अदालतका कतिपय फैसलामाथि समय-समयमा सार्वजनिक तथा कानुनी क्षेत्रबाट प्रश्न र आलोचना उठ्ने गरेका छन्। यसअघि पनि फैसला अध्ययनका लागि समिति गठन गर्ने घोषणा भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको सन्दर्भमा सर्वोच्च बारले यसपटक औपचारिक रूपमा फैसला संकलन अघि बढाएको हो।

काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend