काठमाडौं। पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको आरोपमा नापी कार्यालयका सर्भेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीविरुद्ध मंगलबार विशेष अदालतमा आरोप- पत्र दायर गरेको हो।
उनीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको हो।
आयोगका अनुसार साहले २०४६ माघ १६ गतेदेखि २०८१ जेठ ३२ गतेसम्मको जाँच अवधिमा विभिन्न स्रोतबाट ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ वैधानिक आय आर्जन गरेको देखिएको छ। तर,सोही अवधिमा जग्गा खरिद,सेयर खरिद,सवारी साधन खरिद,ऋण सापटी भुक्तानीलगायत तथा अन्य लगानीमा ९ करोड ७५ लाख ६९ हजार ५ सय ८१ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको अख्तियारको दावी छ।
वैधानिक आयभन्दा ३ करोड ७१ लाख ८४ हजार ५ सय रुपैयाँ बढी खर्च तथा लगानी गरेको देखिएपछि साहले उक्त रकम बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अख्तियारले जनाएको छ।
आयोगका अनुसार साहले गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति,श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत राखेको पाइएको छ। गैरकानुनीरुपमा श्रीमतीको नाममा खरिद तथा लगानी गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ।
साहविरुद्ध बिगोबमोजिम कैद र जरिवाना,गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति जफत तथा झुट्टा सम्पत्ति विवरण पेश गरेको कसूरमा थप सजायको माग दावी गरेको आरोप-पत्रमा उल्लेख छ।
काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनअन्तर्गत गठित फैसला अध्ययन समितिले ११ वर्षको अवधिमा सर्वोच्च अदालतबाट भएका महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानुन व्यवसायीलाई अनुरोध गरेको...
हेटौँडा । बागमती प्रदेशमा नेकपा )एमाले),नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिच सरकार गठन तथा सञ्चालनका विषयमा समझदारी भएको छ । संविधानको...
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका-१५ चौमतीबाट स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगदसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई...
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भदौ ९ गते भारतीय सशस्त्र सीमा बल (एसएसबी) को आन्तरिक सुरक्षा र रणनीति व्यवस्थापन कोर्षका...
काठमाडौँ। लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले मंगलबार शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend