काठमाडौं। चितवनमा प्रहरीले १६८ केजी लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कार चालक दिल्ली राम थारू र कारमा सवार कर्णबहादुर तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेज नजिकबाट गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीले उनीहरू सवार कार जाँच गर्ने क्रममा पछाडिको डिक्कीभित्र सेतो प्लास्टिकको बोरामा लुकाइराखेको अवस्थामा गाँजा बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार बरामद गाँजा १२ वटा पोकामा रहेको र तौल गर्दा १६८ केजी भएको हो।
उनीहरूलाई नियन्त्रणमा लिएर कानुनबमोजिम मुचुल्का तयार गरी चितवन जिल्ला अदालतबाट चार दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend