Nepal Face
  • सोमबार, ८ भाद्र २०८३
  • ‘असल नियतले काम गर्नु, संगठन सधैँ साथमा हुनेछ’- सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल


    सोमबार, भाद्र ८ २०८३
    150
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले असल नियतले काम गरे संगठन सधैँ सशस्त्र प्रहरी कर्मचारीको साथमा हुने तर कुनै पनि एक व्यक्तिले खराब नियतमा गरेको गल्तीको जिम्मेवारी संगठनले नलिने बताएका छन् ।

    सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको ९औँ वार्षिकोत्सव तथा वाहिनी मातहत कार्यालयहरुको निरीक्षण भ्रमणका क्रममा साउन ८ गते लुम्बिनी प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालका इकाई प्रमुखहरुलाई निर्देशन दिदै महानिरीक्षक पौडेलले सो कुरा बताएका हुन् ।

    हामी राज्यका सिपाही हौ , हामीलाई कुनै पनि गल्ती गर्ने छुट छैन त्यसैले राष्ट्र र संगठनको हितमा स्वार्थ भन्दा माथि उठेर प्राप्त निर्देशनहरुलाई त्रुुटीरहित ढंगबाट कार्यसम्पादन गर्नुहोस् महानिरीक्षक पौडेलले भने ।

    उनले विपद्को समयमा देश र जनताको सेवा, सुरक्षा र उद्धार लगायतको कार्यमा सशस्त्र प्रहरी बल, नेपालले उपलब्ध स्रोतसाधनहरुको उच्चतम प्रयोग गरी विपद् व्यवस्थापनमा परिचालन हुन तथा पछिल्लो समयमा देखिएका जातीय, क्षेत्रीय, धार्मिक प्रकृतिका घटनाहरुको सुक्ष्म रुपमा अध्ययन गरी सम्बन्धित निकायहरुसँग समन्वय गरी प्रभावकारी कार्य गर्न समेत निर्देशन दिएका छन्।

    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपालको प्रमुख जिम्मेवारीमा रहेको सीमा सुरक्षा मार्फत राष्ट्रको सेवा गर्न पाउनु गौरवको कुरा भएको उल्लेख गर्दै सीमा अपराध नियन्त्रण, सीमा सुरक्षा जस्ता राष्ट्र र जनताको सुरक्षासँग जोडिएको विषयलाई संगठनले विशेष प्राथमिकतामा राखेको समेत बताए ।

    ‘हामी मालिक होईनौ राज्य र जनताको सेवक हौँ’, भन्ने मानसिकताका साथ सीमावासीसँग सुमधुर सम्बन्ध स्थापित गरी सीमानामा हुने अबैध चोरी निकासी तथा पैठारी नियन्त्रण मार्फत राजश्व संकलनमा योगदान पु¥याउँदै संगठन आर्थिक अनियमिततामा शून्य सहनसीलताको नीतिमा अगाडी बढिरहेको समेत उन ले बताए।

    सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले बाँके जिल्लास्थित नं. ३० बागेश्वरी गण बाँकेका गणपति र भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)का कमाण्डेन्ट तथा जमुनाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लगायत स्थानीय भद्रभलाद्मीहरुसँग भेटघाट गरेका छन् ।

    भेटघाटका क्रममा उनले सीमानाकालाई व्यवस्थित गर्ने, सीमा अपराध नियन्त्रण तथा चोरीपैठारी नियन्त्रण लगायतका विषयमा अन्तरक्रिया गरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार