Nepal Face
  • सोमबार, ८ भाद्र २०८३
  • उदयपुर कटारीबाट १९९ केजी गाँजासहित टिपर चालक पक्राउ


    सोमबार, भाद्र ८ २०८३
    180
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । उदयपुर कटारी नगरपालिका-४ स्थित मरुवा खोलाबाट १९९.३२ केजी गाँजासहित टिपर र चालकलाई नियन्त्रणमा लिइएको छ ।

    चेकजाँचका क्रममा टिपरमा ९ वटा बोरामा लुकाइ ल्याएको १९९.३२ केजी गाँजा बरामद गरिएको हो ।

    विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ना.७ ख ८१७३ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारिएको थियो ।

    टिपरका चालक सोम मगरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार