Nepal Face
  • आइतबार, ७ भाद्र २०८३
  • सौतासँगको झगडामा २ वर्षीया बालिकाको हत्या


    आइतबार, भाद्र ७ २०८३
    210
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सप्तरीमा सौतासँगको झगडाका कारण दुई वर्षीया बालिकाको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ।

    शम्भुनाथ नगरपालिका–३ की २ वर्षीया सान्या खातुनको शव आइतबार बिहान घर पछाडी झाडीमा फेला परेको थियो। उनी बिहानैबाट हराएकी थिइन्।

    उनको हत्या कान्छीआमा मुस्कान खातुनले गरेको सप्तरीका प्रहरी प्रमुख एसपी रुपेश खड्काले बताए। घटना लगत्तै प्रहरीले १९ वर्षकी मुस्कानलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो।

    मुस्काले बालिकाको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेकी छन्। शरीरमा अन्य चोट देखिएको छैन।

    मुस्कान र खुशीकी आमा रुविना खातुनको बिचमा पटक पटक झगडा हुँदै आएको थियो। शनिबार पनि उनीहरूबिच झगडा भएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्। मोहमद इरफासँग रुविनाको विवाह ७ वर्ष पहिले नै भएको थियो भने कान्छी एक वर्ष पहिले आएकी थिइन्।

    मोहमद रोजगारीका लागि कतारमा छन्। इरफान कान्छी श्रीमती ल्याएर विदेश गएका थिए। कान्छी भने सोही गाउँमा डेरा लिएर बस्दै आएकी थिइन्।

    बालिकाको शव गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ। थप अनुसन्धान भइरहेको एसपी खड्काले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार