Nepal Face
  • आइतबार, ७ भाद्र २०८३
  • काठमाडौँमा छोराको हत्या, दाङमा आमा मृत फेला


    आइतबार, भाद्र ७ २०८३
    120
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको शंखमुलमा शुक्रबार २२ वर्षीय वसन्त कालाखेतीलाई दुईजना मिलेर धारिलो हतियार प्रहार गरेर हत्या गरे । महानगरपालिका वडा नम्बर–१० स्थित शंखमुलमा सञ्चालित भ्याली ब्वाईज होस्टलमा बस्ने २२ वर्षीय कालाखेती दाङको घोराही उपमहानगरपालिका–१७ का स्थानीय हुन् ।

    छोराको हत्या भएको खबर थाहा पाएपछि दाङमा उनकी आमाले प्राण त्यागेकी छिन् । छोराको हत्या भएको खबर थाहा पाएपछि सिलिङ फ्यानमा पासो लगाएर झुन्डेको अवस्थामा ३८ वर्षीया बिना कालाथोकीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा। हेम केसीले बताए । उनको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

    उनका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् । वसन्तको हत्यामा संलग्न आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–३ घर भएका प्रमित पटेल र सोही ठाउँ भएका शेखर यादवलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ । वसन्त फ्रान्स जाने तयारीमा काठमाडौँमा बसेर भाषा अध्ययन गरिरहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार