काठमाडौँ। काठमाडौँको शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ भने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा तीन युवकबीच कुटपिट भएको थियो। कुटपिटका क्रममा धारिलो हतियार हानाहान भएको हो।
दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकी, बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलबीच कुटपिट भएको हो। कुटपिटका क्रममा वसन्त गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि मिनभवनस्थित निवामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा चोट लागेका उनी अस्पताल पुग्दा बोल्न नसक्ने अवस्थामा थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
कुटपिटमा संलग्न शेखरलाई प्ररीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पेश गरेको निवेदनमा त्रुटि भएको भन्दै फिर्ता लगेका छन्। शुक्रबार दिउँसो...
पोखरा । प्रधानमन्त्री बालेन शाह कास्कीको माच्छापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगेका छन् । उनी आज पोखरा हुँदै अस्ताम पुगेका हुन् । उनी...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय सदस्यमा ११ जना मनोनीत भएका छन्। पार्टी कार्यालयमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनालसहित ११...
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आइतबार ९७ भदौ०मा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवक्तामा जगदीश खरेल (ललितपुर)मनोनीत भएका छन्। उनी सुशीला कार्की नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री थिए। ललितपुर क्षेत्र नं. २ बाट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend