काठमाडौँ । बालाजुस्थित एक छात्रावासमा खाद्य सामग्रीको गुणस्तर तथा सरसफाइमा समस्या देखिएपछि प्रशासनले कारबाही गरेको छ।
न्यू फेमिली नामक छात्रावासमा खानामा किरा भेटिएको र छात्रालाई धम्की दिइएको सम्बन्धमा सामाजिक सञ्जालमार्फत प्राप्त उजुरीका आधारमा गरिएको अनुगमनका क्रममा मापदण्डविपरीत अवस्था भेटिएपछि कारवाही गरिएको हो।
खानामा किरा भेटिएको तथा छात्रालाई धम्की दिइएको विषयमा सामाजिक सञ्जालमार्फत गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँ र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले त्यसलाई आधार बनाएर स्थलगत निरीक्षण गरेको थियो।
अनुगमनबाट देखिएका कैफियतका आधारमा प्रचलित कानुनअनुसार छात्रावास सञ्चालकलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै थप सञ्चालन रोक्न छात्रावासलाई सिलबन्दी गरिएको प्रहरीले जनाएको छ
जिल्ला प्रशासन कार्यालय काठमाडौँ र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले बालाजुस्थित ‘न्यू फेमिली गर्ल्स होस्टेल’ मा अनुगमन गरेको थियो। अनुगमनका क्रममा छात्रावासको सरसफाइको अवस्था कमजोर हुनुका साथै खाद्य सामग्रीसमेत अस्वस्थ तथा उपभोगका लागि अनुपयुक्त अवस्थामा रहेको पाइएको प्रशासनले जनाएको छ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend