Nepal Face
  • बिहिबार, ४ भाद्र २०८३
  • त्रिभुवन विमानस्थलबाट गाँजासहित ८ विदेशी नागरिकलाई पक्राउ


    बुधबार, भाद्र ३ २०८३
    125
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम ‘थाई गाँजा’ सहित ८ विदेशी नागरिकलाई पक्राउ परेका छन् । विमानस्थलमा ३९ दशमलव २८ किलोग्राम ‘थाई गाँजा’ सहित ५ जना म्यानमारका र तीन भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको पक्राउ गरेको ब्यूरोका प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए।

    उनका अनुसार म्यान्मारका नागरिक थाइल्यान्डको बैङ्ककबाट थाई एयरवेजको उडानमार्फत आएका थिए। भारतीय भने थाइल्यान्डकै फुकेटबाट बाटिक एयरवेजको उडानबाट नेपाल आएका थिए। प्रहरीले गाँजासहित ८ थान राहदानी र ८ थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका सबैमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको निरौलाले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार