Nepal Face
  • बुधबार, २७ साउन २०८३
  • स्रोत नखुलेको ८० लाख बढी रकमसहित कुलेश्वरबाट एकजना पक्राउ


    बुधबार, साउन २७ २०८३
    35
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको कुलेश्वरस्थित एक फलफूल पसलबाट स्रोत खुल्न नसकेको ठूलो परिमाणको रकमसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१४ स्थित कुलेश्वर फलफूल मण्डीमा रहेको आँचल फ्रुट सेन्टरबाट स्रोत नखुलेको हुण्डी रकम कारोबार भइरहेको सूचनाका आधारमा साउन २६ गते दिउँसो संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।

    प्रहरी टोलीले खानतलासी गर्ने क्रममा उक्त पसलबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ७६ लाख २७ हजार ३ सय र भारतीय रुपैयाँ ३ लाख ४ हजार ३ सय फेला परेको प्रहरीले जनाएको छ।

    पसल संचालक पर्साको छिपहरमाई गाउँपालिका-१ घर भई हाल कुलेश्वर बस्दै आएका ३३ वर्षीय जितेन्द्र साह तुरहा नियन्त्रणमा लिएर हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति प्राप्त भएको प्रहरीले जनाएको छ।

    प्रहरीले बरामद रकमको स्रोत, कारोबारको प्रकृति तथा सम्भावित संलग्नताका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार