काठमाडौँ । काठमाडौँको कुलेश्वरस्थित एक फलफूल पसलबाट स्रोत खुल्न नसकेको ठूलो परिमाणको रकमसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१४ स्थित कुलेश्वर फलफूल मण्डीमा रहेको आँचल फ्रुट सेन्टरबाट स्रोत नखुलेको हुण्डी रकम कारोबार भइरहेको सूचनाका आधारमा साउन २६ गते दिउँसो संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले खानतलासी गर्ने क्रममा उक्त पसलबाट स्रोत नखुलेको नेपाली रुपैयाँ ७६ लाख २७ हजार ३ सय र भारतीय रुपैयाँ ३ लाख ४ हजार ३ सय फेला परेको प्रहरीले जनाएको छ।
पसल संचालक पर्साको छिपहरमाई गाउँपालिका-१ घर भई हाल कुलेश्वर बस्दै आएका ३३ वर्षीय जितेन्द्र साह तुरहा नियन्त्रणमा लिएर हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति प्राप्त भएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद रकमको स्रोत, कारोबारको प्रकृति तथा सम्भावित संलग्नताका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend