काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक(आईजीपी) नारायणदत्त पौडेलले संगठनको उद्देश्य र मर्यादालाई केन्द्रमा राखी देश र जनताको सुरक्षा र सेवामा कार्य गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
साउन २६ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा समादेशक, गणपति र गुल्मपतिका रुपमा खटिई जान लागेका अधिकृतहरुका लागि संचालन गरिएको कमाण्ड अनुशिक्षण तालिमको समापन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सो निर्देशन दिएका हुन् ।
उनले राष्ट्र र संगठनको प्रतिष्ठा भन्दा माथि कोही पनि नहुने उल्लेख गर्नहुँदै कार्यक्षेत्रमा परिचालित हुँदा गलत नियतका साथ काम गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु कारवाहीका भागिदार बन्ने हुँदा कसैलाई प्रभाव पारी उम्किन्छु भन्ने सोच र विचार आजैका दिनदेखि हटाउन निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सरकारको नतिजामा आधारित शासकीय प्रबन्ध र संगठनको सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व संकलनमा सहयोग र विपद् व्यवस्थापनमा परिचालन ९द्यक्ष्च्म्०को अवधारणालाई प्राथमिकतामा राखेर कार्यक्षेत्रमा खटिँदा आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीतिको पूर्णरुपमा पालना गरी त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्न समेत निर्देशन दिए ।
उनले फिल्डमा खटिँदा सानो कमजोरी वा लापरवाहीले अपूरणीय घटना तथा ठूलो क्षति पुग्ने बताउनुहँुदै अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा चुनौतीहरुको विश्लेषण गर्दै त्यसको सम्भावित प्रभाव, राष्ट्रियस्तरमा भइरहेका विरोध कार्यक्रमहरु, विपद्, सीमा अपराध र समाजिक संजालको दुरुपयोगबाट उत्पन्न हुनसक्ने खतराहरुप्रति समयमै सजग रहनुपर्ने बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार, मानव बेचविखन, तेस्रो मुलुकका नागरिकहरुको प्रवेश र चोरीतस्करी नियन्त्रण लगायतका कार्यहरुमा खटिदा विशेष चनाखो भई कार्य गर्नुपर्ने बताउँदै सीमा सुरक्षामा खटिदा सरोकारवाला, सम्बन्धित निकायहरु तथा सीमापार समकक्षीसँग समन्वय गरी परिचालन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उनले सशस्त्र प्रहरी कर्मचारीहरुले सोसल मिडियाको प्रयोग र त्यसको दुरुपयोगको विषयमा सजग रही कार्य गर्नुका साथै मिस ईन्फर्मेसन, डिसइन्फर्मेसन र हेट स्पिचका कारण उत्पन्न हुने जोखिमबारे विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले असल नियत र इमान्दारीपूर्वक गरिने सम्पूर्ण कार्यको संगठनले उच्च मूल्यांकन र संरक्षण गर्ने भएको हुँदा कार्यक्षेत्रमा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरुले उच्च मनोवलकासाथ व्यावसायिक ढंगमा कार्य गर्नुपर्ने बताए ।
उनले तालिम शिक्षालयका समादेशकहरुलाई ‘शिक्षालयलाई उत्कृष्टताको केन्द्र’ बनाउने लक्ष्यका साथ व्यावसायिकता र प्रविधिमा जोड दिंदै व्यावहारिक सीप विकासलाई प्राथमिकतामा राखी स्तरोन्नति गर्नेतर्फ अग्रसर हुनुपर्ने बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका सबै युनिटहरुमा फायरफाइटिङ टिम स्ट्यानवाई राख्न र आगलागी जस्ता दुर्घटना नदोहोरिने गरी सतर्कता अपनाउँदै आफ्नो जिम्मेवारी इलाकामा २४सैँ घण्टा अपरेशनल तत्परता कायम राख्न युनिट कमाण्डरहरुलाई निर्देशन दिएका छन् ।
यसअघि विभागीय प्रमुखहरु सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल, गणेश बहादुर ठाडा मगर र अञ्जनीकुमार पोखरेलले कमाण्डमा जान लाग्नुभएका अधिकृतहरुलाई त्रुटिरहित ढंगबाट सीमा सुरक्षा, अप्रेशनल तथा प्रशासनिक कामकारवाही गर्न निर्देशन दिएका छन् ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend