Nepal Face
  • मंगलबार, २६ साउन २०८३
  • पर्साबाट १०५ किलो गाँजासहित एकजना भारतीय नागरिक पक्राउ


    मंगलबार, साउन २६ २०८३
    30
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पर्सामा १०५ किलो गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

    लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा सोमबार राति खटिएको प्रहरी टोलीले भारतको जिल्ला बेतीया ग्राम उजहरु परजिलवा भांगाहका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय पटेर्वा र ठोरीबाट खटिएको संयुक्त टोलीले पटेर्वा गाउँपालिका-३ सोनवर्षाबाट उनलाई नियन्त्रणमा लिएको हो ।

    शंकाष्पद रुपमा बोरा बोकेर हिँडिरहेका बेला नियन्त्रणमा लिएर चेकजाँच गर्दा चौधरीले बोकेको बोरामा गाँजा भेटिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार