Nepal Face
  • आइतबार, २४ साउन २०८३
  • अनलाइन सट्टेबाजीमा २ करोड बढीको कारोबार गरेको आरोपमा भद्रकालीबाट एक जना पक्राउ


    आइतबार, साउन २४ २०८३
    50
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। अनलाइन माध्यमबाट सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौँको भद्रकालीबाट एक जनालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुढानीलकण्ठ नगरपालिका-१२ बस्ने ४१ वर्षीय प्रेम थापालाई साउन २३ गते साँझ करिब ५:३० बजे काठमाडौँ महानगरपालिका-११ भद्रकाली क्षेत्रबाट पक्राउ गरिएको हो।

    शंकास्पद अवस्थामा रहेका थापालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नियन्त्रणमा लिएर जाँच गर्दा उनको साथबाट चार थान मोबाइल फोन र एक थान ल्यापटप बरामद भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार ती उपकरणको जाँचका क्रममा ‘वानएक्सबेट’, ‘वानएक्सबेट पार्टनर्स’ र ‘मोबक्यास’ एप्लिकेसनमार्फत सट्टेबाजी गराएको विवरण फेला परेको छ। हालसम्म २ करोड ७३ लाख ४३ हजार १७२ रुपैयाँ २ पैसाभन्दा बढीको कारोबार भएको देखिएको प्रहरीको दाबी छ।

    प्रहरीले थापामाथि सट्टेबाजी गर्न वा गराउन नहुनेसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

    काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जनाएका

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार