काठमाडौं, पुस २३ : झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड पैसा मागेको आरोप लगाएका छन्।
प्रसाईंले बुधबार बानेश्वरमा पत्रकार सम्मेलन गरी गिरीले आफूलाई द्वारिका होटलमा बोलाएर २० करोड मागेको आरोप लगाएका हुन्।
प्रसाईं बिएण्डसीलाई सम्बन्धन माग्दै निवेदन लिएर मंसिर १५ गते चिकित्सा शिक्षा आयोगमा पुगेका थिए। बिहान ११ बजे आफू पुगेको र गिरीले साँझ द्वारिका होटलमा बोलाएको प्रसाईंको दाबी छ।
‘२०-२० करोड मागेपछि मैले दिन सक्दिनँ भनेको हुँ,’ प्रसाईंले दाबी गरे, ‘२०-५० लाख, एक करोडसम्म त ठिकै थियो।’
प्रसाईंले आफूले सो रकम दिन नसक्ने भनेपछि गिरीले सम्बन्धनको निवेदन नै दर्ता गर्न नमानेको बताए।
‘म आयोगमा कसरी आएँ, मलाई पनि गाह्रो छ भन्नुभयो, मैले कति भनेर सोधें,’ प्रसाईंले सेतोपाटीसँग पनि भने, ‘उहाँले बीस करोड भन्नुभयो, सम्बन्धनमै बीस करोड तिरेर कसैले मेडिकल कलेज चलाउन सक्छ?’
गिरीले घुसको प्रस्ताव गरी सो पूरा नभएपछि बिएण्डसीको सम्बन्धनको निवेदन नै रोकेको दाबी गरे। तपाईंसँग घुस मागेको केही प्रमाण छ? भन्ने प्रश्नमा प्रसाईंले भने, ‘संसारमा घुस मागेको कहीँ प्रमाण हुन्छ र?’
प्रसाईंले गिरी र आफूलाई आमनेसामने राखेर कुरा गराउन चुनौती दिए।
‘घुस मागेको हो हैन गिरी सर र मलाई आमनेसामने राखेर कुरा गरौं न थाहा भइहाल्छ नि,’ उनले चुनौती दिँदै भने।
यता, उपाध्यक्ष गिरीले भने आफूले घुस नमागेको बताए। सेतोपाटीसँग कुरा गर्दै गिरीले आरोप लगाउने व्यक्तिले प्रमाणसाथ बोल्नुपर्ने बताए।
उनले प्रसाईं सम्बन्धनका लागि ठाडो निवेदन लिएर आयोगमा आएको बताए।
‘उहाँ आउनुभएको थियो, कसैले ठाडो निवेदन लिएर आउँदैमा सम्बन्धनको प्रक्रिया थाल्न मिल्दैन,’ उनले भने, ‘चिकित्सा शिक्षा ऐनले तोकेबमोजिमका सबै सक्कल कागजात लिएर आउनुस् भनी निवेदन दर्ता नगरिएको हो।’
प्रसाईं नेकपा अध्यक्ष पुष्पकमल दाहालनिकट मेडिकल व्यवसायी हुन्। गिरी पनि नेकपानिकट नै मानिन्छन्। शिक्षा मन्त्री गिरिराजमणि पोखरेलनिकट गिरीलाई सरकारले आयोग उपाध्यक्ष नियुक्ति गरेको थियो।
पत्रकार सम्मेलनमा प्रसाईंले बिएण्सी मेडिकल कलेजको कुन पक्ष पुगेको छैन र निवेदन दर्ता नगरिएको भन्दै प्रश्न उठाए। ‘नेपालको कुन कानुनको कुन बुँदाले बिएण्डसी मेडिकल कलेजको सम्बन्धन रोक्छ?,’ उनले प्रश्न गरेका छन्, ‘आयोगको कार्यकारी उपाध्यक्षजस्तो व्यक्तिले हचुवाका भरमा बिएण्डसीको प्रक्रिया नै अगाडि बढ्न हुँदैन भन्न पाइन्छ?’
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend