Nepal Face
  • शनिबार, २३ साउन २०८३
  • प्रधानमन्त्री वालेनलाई मनिष झाको जवाफ : म सरकारको साथमा छु, यहाँ कोही एक्लो छैन


    शनिबार, साउन २३ २०८३
    35
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार राति फेसबुक पेजमा पार्टीले साथ नदिएको र एक्लो भएको स्टाटस राखेपछि त्यसको जवाफमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता तथा सांसद मनिषकुमार झाले सरकार एक्लो नभएको बताउँदै जननिर्वाचित सरकार जनताको साथमा हुनुपर्ने र आफू सरकारको साथमा भएको बताएका छन् ।

    झाले सामाजिक संजाल फेसबुकमै प्रधानमन्त्री वालेन्द्रलाई जवाफ दिंदै लेखेका छन्–‘परिवर्तनको लागि यो महान जनादेश पाएको सरकारमा कोही एक्लो छैन । हामी सबै साथमा छौँ ।  हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन् ।

    यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ । जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु । यहाँ कोही एक्लो छैन ।’

    प्रधानमन्त्री शाहले शुक्रबार राति कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन भनेर लेखेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार