काठमाडौं । सरकारका पछिल्ला क्रियाकलापको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)भित्रैबाट बिरोध हुन थालेको छ । गणेश नेपालीको आत्मदाह र होल्डिङ सेन्टर डुबानमा परेपछि भएको सुकुम्बासीहरुको बिचल्लीका बिषयमा समाचार लेख्ने मिडिया हाउसको कार्यालयअगाडि सरकार संरक्षित ब्यक्तिहरुले गाडी तेर्साएको घटनापछि रास्वपाभित्रैबाट बिरोध हुन थालेको छ ।
रास्वपाका नेता तथा सांसद मनिषकुमार झाले सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत भएको बताएका छन् । उनले त्यसरी गाडी राख्नेमाथि अनुसन्धान र कारबाही गर्न माग गरेका छन् । राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो ।
राज्यले आफैं थप आतङ्कित बनाउने हैन झाको भनाइ छ । झाले यस्तो गर्नु बचपना हो । यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी शहादत भएको हो ?
झाले सामाजिक संजालमा लेखेका छन्–‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो । यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ।
राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन । यस्तो बचपना देखाएर राजकाज चल्छ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको काम प्रति घोर आपत्ति छ ।’
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले ‘राज्य कहाँ छ?’भन्ने प्रश्न उठाउनेहरूलाई राज्य भग्नावशेष सुरुङभित्र आफ्ना नागरिक खोजिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend