काठमाडौं । सरकारका पछिल्ला क्रियाकलापको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)भित्रैबाट बिरोध हुन थालेको छ । गणेश नेपालीको आत्मदाह र होल्डिङ सेन्टर डुबानमा परेपछि भएको सुकुम्बासीहरुको बिचल्लीका बिषयमा समाचार लेख्ने मिडिया हाउसको कार्यालयअगाडि सरकार संरक्षित ब्यक्तिहरुले गाडी तेर्साएको घटनापछि रास्वपाभित्रैबाट बिरोध हुन थालेको छ ।
रास्वपाका नेता तथा सांसद मनिषकुमार झाले सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत भएको बताएका छन् । उनले त्यसरी गाडी राख्नेमाथि अनुसन्धान र कारबाही गर्न माग गरेका छन् । राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो ।
राज्यले आफैं थप आतङ्कित बनाउने हैन झाको भनाइ छ । झाले यस्तो गर्नु बचपना हो । यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी शहादत भएको हो ?
झाले सामाजिक संजालमा लेखेका छन्–‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो । यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ।
राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन । यस्तो बचपना देखाएर राजकाज चल्छ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको काम प्रति घोर आपत्ति छ ।’
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend