काठमाडौँ । नेपाल प्रहरीले सूचना प्रविधि, मानव स्रोत व्यवस्थापन र भौतिक पूर्वाधारका क्षेत्रमा व्यापक सुधार गर्दै संगठनलाई आधुनिक एवं प्रविधिमैत्री बनाउने योजना अघि सारेको छ ।
शुक्रवार आयोजित एक पत्रकार सम्मेलनमा प्रहरी नायव महानिरीक्षक (डिआइजी)अविनारायण काफ्लेले प्रहरीको भावी स्वरूप र कार्ययोजनाबारे विस्तृत जानकारी दिएका हुन् ।
प्रहरीले साइबर अपराध र स्क्यामिङका घटनालाई न्यूनीकरण गर्न ‘एन्टी साइबर स्क्याम सेन्टर’स्थापना गर्ने प्रस्ताव अघि बढाएको छ । साइबर ब्युरोमा रहने यस केन्द्रमा नेपाल प्रहरीसहित नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिहरू सम्पर्क व्यक्तिका रूपमा रहनेछन् । बढ्दो साइबर अपराधलाई दृष्टिगत गरी प्रहरी महानिरीक्षकले यस परियोजनालाई उच्च प्राथमिकतामा राख्नुभएको डिआइजी काफ्लेले बताए ।
भौतिक पूर्वाधारतर्फ प्रहरीले केन्द्र, प्रदेश र जिल्ला गरी तीनै तहमा ‘इन्टिग्रेटेड कमाण्ड सेन्टर’ स्थापना गर्ने लक्ष्य राखेको छ । आपत्कालीन अवस्थामा सम्बन्धित सबै निकायका प्रतिनिधि एकै स्थानमा रहेर समन्वय गर्न यसले सहजता प्रदान गर्नेछ ।
यस्तै, ट्राफिक व्यवस्थापनलाई आधुनिक र सेवाग्राही केन्द्रित बनाउन सबै गस्ती टोली र सवारी साधनमा जीपीएस प्रणाली जडान गरिने भएको छ ।
गलत सूचना, भ्रामक जानकारी र ‘डिप फेक’ का माध्यमबाट उत्पन्न हुनसक्ने साम्प्रदायिक तथा सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सामाजिक सञ्जाल समन्वय डेस्कलाई प्रदेश स्तरसम्म विस्तार गरिने योजना छ । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगमार्फत यस्ता गतिविधिलाई समयमै पहिचान गरी निरुत्साहित गरिने प्रहरीले जनाएको छ ।
अपराध अनुसन्धानलाई थप वस्तुनिष्ठ बनाउन सबै जिल्ला प्रहरी कार्यालयमा ‘साइबर डेस्क’ स्थापना गरिने भएको छ । साथै, विधि विज्ञान प्रयोगशाला र डिजिटल फरेन्सिक ल्याबलाई प्रदेश स्तरमा विस्तार गरी दक्ष जनशक्ति परिचालन गरिनेछ ।
प्रहरीले फेसियल रिकग्निसन सिस्टम, कल इन्टरसेप्सन, ब्लक चेन एनालाइसिस टूल्स र क्राइम सिन स्क्यानर जस्ता अत्याधुनिक उपकरण खरिद गर्ने प्रक्रिया समेत अघि बढाएको छ ।
मानव स्रोत व्यवस्थापनतर्फ अनलाइन तालिम, नेतृत्व विकास र कार्यसम्पादनमा आधारित मूल्यांकन प्रणाली लागू गर्न नीति तयार भइरहेको काफ्लेले बताए। साथै, प्रहरी पोसाक परिमार्जनका लागि गठित अध्ययन समितिको प्रतिवेदनका आधारमा आवश्यक कार्य अघि बढाइएको छ ।
भारत सरकारको अनुदानमा काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको काम ९१ प्रतिशत सम्पन्न भएको जानकारी दिइएको छ । करिब ८ सय २२ रोपनी जग्गामध्ये ६ सय ४६ रोपनीमा फैलिएको यस परियोजना अन्तर्गत ४८ वटा भवनसहित कुल ६७ वटा संरचनाहरू निर्माण भइरहेका छन् ।
प्रहरीले रेडियो सञ्चार प्रणालीको स्तरोन्नति र सहरी नाकाहरूमा एकीकृत स्मार्ट सिसिटिभी नेटवर्क विस्तारलाई समेत आफ्नो प्राथमिकतामा राखेको काफ्लेले बताए।
श्री सम्पादकज्यू उपरोक्त सम्बन्धमा २०८३ साउन २० गतेको नेपालफेस डटकममा ‘ब्यापारी अग्रवालको सेटिङमा बीपी स्वास्थ्य प्रतिष्ठानको कार्यसमितिमा खड्का र अग्रवालको नियुक्ति’ शीर्षकमा संप्रेषित समाचारप्रति प्रतिष्ठानको...
काठमाडौं । पूर्वऊर्जामन्त्री कुलमान घिसिङले देशमा उत्पादित विद्युत खेर फाल्ने अनि ग्याँसमा लाइन लगाउने । यो कस्तो विडम्वना भन्दै सरकारलाई तत्काल बिद्युतमा लगाएको भ्याट...
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत...
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८३ को वैशाखदेखि असारसम्मको तीनमहिने प्रगति विवरण सार्वजनिक गरेको छ। यस अवधिमा मन्त्रिपरिषद्का २१ बैठकबाट ३८४...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमा शङ्का नभए पनि काम गर्ने‘ ‘ढङ्ग’ नपुगेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend