Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समानान्तर गतिविधि कायम राखे कारबाही गर्ने ज्ञवालीकाे चेतावनी


    बुधबार, चैत्र १८ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकारहरुसंग कुरा गर्दै समानान्तर गतिविधि कायम राखे कारबाही हुने चेतावनी दिएका छन् ।

    बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुरा गर्दै नेता ज्ञवालीले माधवकुमार नेपाल समूहलाई समानान्तर गतिविधि नगर्न आग्रह गर्दै मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसंग जोडिन आग्रह गरेका छन् ।

    नेकपा एमाले मन पर्दैन भने अर्कै पार्टी खाेल्न या विद्यमान कुनै पार्टीसंग जाेडिन पाइन्छ तर नेकपा एमालेको नाममा कुनै पनि समानान्तर गतिविधि नपाइने भन्दै यस्ता क्रियाकलापले पार्टीलाई विग्रहमा पुर्याउने र विखण्डित गर्छ ज्ञवालीले भने ।

    एमालेको माधवकुमार नेपाल समूहले जिल्ला तहसम्म समानान्तर गतिविधि गरिरहेका बेला उनले कारवाहीको चेतावनी दिएका हुन् ।

    घर त्यहाँ हुन्छ जहाँ मन बस्छ भन्छ नि । मन बस्ने ठाउँमा नै संगठनको गतिविधि गर्ने हो  ‘एमालेभित्र बसेर एमालेलाई कमजोर बनाउने काम गर्न मिल्दैन । त्यो कारबाहीको विषय हो उनले भने । अट्नै नसक्ने निश्कर्षमा पुगेको हो भने त्यसमा जबर्जस्ती गर्ने कुरा पनि केही छैन ।’

     

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार