Nepal Face
  • आइतबार, २४ साउन २०८३
  • सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ 


    शुक्रबार, साउन २२ २०८३
    270
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आपराधिक पृष्ठभूमि भएका चक्रे मिलन भनिने मिलन गुरुङले सर्वोच्च अदालतबाट सम्पत्ति शुद्धीकरणको अभियोगमा सफाइ पाएका छन् ।

    न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको इजलासले बिहीबार गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला सदर गर्ने निर्णय सुनाएको हो ।

    गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार समेत भएर पराजित भएका गुरुङविरुद्ध सरकारले २०७५ जेठ ३० गते सर्वोच्चमा विशेषको फैसला बदर हुनुपर्ने माग गर्दैै मुद्दा दायर गरेको थियो । ८ वर्षपछि सर्वोच्चले उनलाई सफाइ दिने निर्णय गरेको हो । गुरुङसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते विशेष अदालतमा मुद्दा चलाएको थियो ।

    यीमध्ये दीपक मनाङे (राजीव गुरुङ)को हकमा सरकारले समयमा पुनरावेदन नै गरेन भने अन्यको हकमा सर्वोच्चमा विचाराधीन थियो । गण्डकीका प्रदेशसभा सदस्य रहेका समयमा मनाङेका हकमा सरकारी पक्षको सर्वोच्च जाने म्याद सकिएको थियो । जसका कारण उनले २०७४ माघ १० मा सफाइ पाए । मनाङेबाहेक गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी र चक्रे मिलनविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार