काठमाडौँ। आपराधिक पृष्ठभूमि भएका चक्रे मिलन भनिने मिलन गुरुङले सर्वोच्च अदालतबाट सम्पत्ति शुद्धीकरणको अभियोगमा सफाइ पाएका छन् ।
न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको इजलासले बिहीबार गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला सदर गर्ने निर्णय सुनाएको हो ।
गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार समेत भएर पराजित भएका गुरुङविरुद्ध सरकारले २०७५ जेठ ३० गते सर्वोच्चमा विशेषको फैसला बदर हुनुपर्ने माग गर्दैै मुद्दा दायर गरेको थियो । ८ वर्षपछि सर्वोच्चले उनलाई सफाइ दिने निर्णय गरेको हो । गुरुङसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते विशेष अदालतमा मुद्दा चलाएको थियो ।
यीमध्ये दीपक मनाङे (राजीव गुरुङ)को हकमा सरकारले समयमा पुनरावेदन नै गरेन भने अन्यको हकमा सर्वोच्चमा विचाराधीन थियो । गण्डकीका प्रदेशसभा सदस्य रहेका समयमा मनाङेका हकमा सरकारी पक्षको सर्वोच्च जाने म्याद सकिएको थियो । जसका कारण उनले २०७४ माघ १० मा सफाइ पाए । मनाङेबाहेक गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी र चक्रे मिलनविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend