काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट बुलेट र डुक मोटरसाइकल चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको हो । बा.प्र. २–०४२ प ४९६८ नम्बरको डुक मोटरसाइकलसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बाराको निजगढ नगरपालिका–१२ का २१ वर्षीय अभिषेक लामा थिङ, बर्दिया श्रीपुर नगरपालिका–७ का २१ वर्षीय अभियास थारु, काभ्रेको पाँचखाल नगरपालिका–९ का १७ वर्षीय रिशब शाक्य र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ का १८ वर्षीय आशिष राउत छन् ।
त्यसैगरी बा. प्र.२–०३३ प ३८४४ नम्बरको बुलेट मोटरसाइकलसहति दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुमको म्याङलुङ्ग गाउँपालिका–७ का १९ वर्षीय सोनाम छिरी शेर्पा र सोलुखुम्बुको सल्लेरी गाउँपालिका–५ का १९ वर्षीय राजिब तामाङ छन् ।
श्री सम्पादकज्यू उपरोक्त सम्बन्धमा २०८३ साउन २० गतेको नेपालफेस डटकममा ‘ब्यापारी अग्रवालको सेटिङमा बीपी स्वास्थ्य प्रतिष्ठानको कार्यसमितिमा खड्का र अग्रवालको नियुक्ति’ शीर्षकमा संप्रेषित समाचारप्रति प्रतिष्ठानको...
काठमाडौं । पूर्वऊर्जामन्त्री कुलमान घिसिङले देशमा उत्पादित विद्युत खेर फाल्ने अनि ग्याँसमा लाइन लगाउने । यो कस्तो विडम्वना भन्दै सरकारलाई तत्काल बिद्युतमा लगाएको भ्याट...
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत...
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८३ को वैशाखदेखि असारसम्मको तीनमहिने प्रगति विवरण सार्वजनिक गरेको छ। यस अवधिमा मन्त्रिपरिषद्का २१ बैठकबाट ३८४...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमा शङ्का नभए पनि काम गर्ने‘ ‘ढङ्ग’ नपुगेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend