काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट बुलेट र डुक मोटरसाइकल चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको हो । बा.प्र. २–०४२ प ४९६८ नम्बरको डुक मोटरसाइकलसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बाराको निजगढ नगरपालिका–१२ का २१ वर्षीय अभिषेक लामा थिङ, बर्दिया श्रीपुर नगरपालिका–७ का २१ वर्षीय अभियास थारु, काभ्रेको पाँचखाल नगरपालिका–९ का १७ वर्षीय रिशब शाक्य र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ का १८ वर्षीय आशिष राउत छन् ।
त्यसैगरी बा. प्र.२–०३३ प ३८४४ नम्बरको बुलेट मोटरसाइकलसहति दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुमको म्याङलुङ्ग गाउँपालिका–७ का १९ वर्षीय सोनाम छिरी शेर्पा र सोलुखुम्बुको सल्लेरी गाउँपालिका–५ का १९ वर्षीय राजिब तामाङ छन् ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend