Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरिया सरकारसंग वार्तागरी युवालाई कोरिया जाने वातावरण मिलाउनु पर्छ: सांसद् संग्रौला


    बुधबार, चैत्र १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जाने वातावरण बनाउन नेपाल सरकारसंग माग गरेकी छिन् ।  

    बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद संग्रौलाले इपिएस अन्तर्गत वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान अनुमति पाएर पनि  गएको १३ महिना देखि पर्खी रहेका झन्डै १० हजार नेपाली युवाहरुलाई चांडो काममा जाने वातावरण बनाउन नेपाल सरकारसंग माग गरेकी हुन् ।

    उनले तत्काल कूटनीतिक माध्यमबाट कोरिया सरकारसंग वार्ता गरेर उनीहरुलाई कोरिया जाने वातावरण तयार गर्न सरकारसंग माग गरेकी गर्दै चांडो भन्दा चांडो काममा जाने वातावरण बनाउन नेपाल सरकारसंग माग गरेकी छिन् ।  

    नेपाली कांग्रेसले गठन गरेको छायाँ मन्त्रिपरिषदमा श्रम तथा रोजगार मामिला हेर्ने सांसद संग्रौलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई छुट्टा छुट्टै भेटी अलपत्र परेका नेपाली युवाहरुको समस्याबारे अवगत गराउँदै सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर श्रम गन्तव्यमा जान नपाएका युवाहरुको विषयमा मन्त्रीद्वयको ध्यानाकर्षण गराएकी छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार