Nepal Face
  • बिहिबार, २१ साउन २०८३
  • चितवनबाट २० किलो चरेससहित दुई जना पक्राउ 


    बिहिबार, साउन २१ २०८३
    140
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । चितवनको मुग्लिन बजारबाट २० किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ बस्ने ४१ वर्षीय मोहन गोले र ३९ वर्षीय भीमबहादुर स्याङ्तान रहेका छन् ।

    बाटोमा हिँडिरहेको अवस्थामा गएराति एक बजे उनीहरुको साथबाट प्रहरीले ४० वटा पोकामा रहेको २० किलो चरेस बरामद गरेको चितवन प्रहरीले जनएको छ ।

    उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मुग्लिनमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार