काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले सरकार निर्माणका लागि बहुमत जुटाउन चौधरीलाई माफी दिनु सरकारकाे अराजनीतिक र सिद्धान्तहीन सौदाबाजी भएकाे बताएकी छन् ।
‘टिकापुर घटनाको अभियोगमा अदालतबाट सजाय पाएका रेशम चौधरीलाई सरकारले माफी दिने कुरा आम सञ्चारमाध्यममा आइरहेको बेला संसदमा बोल्दै पौडेलले टीकापुरमा २ वर्षको बच्चालाई समेत गोली हानेर हत्या गरिएको थियो । यो अत्यन्त बर्बर, अमानवीय र जर्जर हत्या थियो । यसलाई राजनीतिक भनेर माफी दिनु सही नहुने बताएकी हुन् ।
सरकार निर्माणका लागि बहुमत जुटाउन चौधरीलाई माफी दिइनु कानून र न्यायकै अवहेलना हुने बताउँदै उनले भनिन् सरकारकाे त्यो अराजनीतिक र सिद्धान्तहीन सौदाबाजी हो त्यसलाई सही भन्न मिल्दैन यसो भएमा कानून र न्यायको अवहेलना हुनेछ । देशमा अत्यन्त नराम्रो नजिर पनि स्थापित हुनेछ ।’
थारूमाथि सदियौंदेखि उत्पीडन हुँदै आएको यस समुदायको मुक्ति आन्दोलनलाई आफूले सधै समर्थन गरेकाे बताउँदै उनले भनिन्त,२ वर्षको नाबालकलाई जसरी हत्या गरिएको छ । त्यो जघन्य अपराध हो र त्यसलाई थारु मुक्ति आन्दोलनसँग जोड्नु न्याय संगत हुँदैन ।
सांसद पौडेलले घटनाका जिम्मेवार व्यक्तिमाथि कानुनअनुसार कडाभन्दा कडा सजाय हुनुपर्ने बताउँदै यस मुद्दालाई गम्भिरतापूर्वक हेर्न उनले सरकारको ध्यानाकर्षण पनि गराएकी छिन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend