काठमाडौँ । दाङका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका ५५ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले विशेष सूचनाका आधारमा साउन १६ गतेदेखि १९ गतेसम्म सञ्चालन गरेको विशेष अपरेशनका क्रममा ती बन्दुक फेला पारिएको जनाएको छ ।
प्रहरीका अनुसार विभिन्न स्थानका जंगलमा ओढार, झाडी तथा ढुंगाको आडमा लुकाएर राखिएका भरुवा बन्दुक बरामद गरिएको हो । बरामद गरिएका बन्दुकबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका वडा नम्बर ४ र ५ अन्तर्गत हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख र ल्वाडे भत्कुले सामुदायिक वनका विभिन्न स्थानबाट ३० नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको टोलीले लमही नगरपालिका वडा नम्बर ९ स्थित बिरह सामुदायिक वनको खैरेनी जंगलबाट ७ नाल भरुवा बन्दुक फेला पारेको छ ।
प्रहरी चौकी रामपुरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका वडा नम्बर ६ को राष्ट्रिय वन तथा वडा नम्बर ८ स्थित न्यु कालिका सामुदायिक वनबाट १३ नाल भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।
यस्तै, प्रहरी चौकी हासिपुरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका वडा नम्बर ८ स्थित नव चेतनशील सामुदायिक वन र न्यु कालिका सामुदायिक वनबाट थप ५ नाल भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष अपरेशनका क्रममा बरामद गरिएका सबै अवैध भरुवा बन्दुक कसले र किन जंगलमा लुकाएर राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ । प्रहरीले अवैध हतियार नियन्त्रण तथा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन यस्ता विशेष अपरेशनलाई निरन्तरता दिने जनाएको छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend