Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • पर्साबाट २०७ किलो गाँजासहित एकजना पक्राउ 


    बुधबार, साउन २० २०८३
    290
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पर्सामा २०७ किलो गाँजासहित एकजना व्यक्ति पक्राउ परेका छन् ।

    विन्दवासिनी गाउँपालिका-५ स्थित सडकखण्डबाट हेटौंडाका ४८ वर्षीय कृष्ण लामा पक्राउ परेका हुन् । उनी गाँजा बोकेको गाडीका चालक हुन् ।

    विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभठ्ठाको संयुक्त टोलीले गाँजासहित चालक लामालाई नियन्त्रणमा लिएको हो ।

    चेक जाँचका क्रममा लामाले चलाएको प्रदेश-३-०१-२४ च ५३८५ टाटा योद्धा पिकअप गाडीभित्र सिमेन्टको बोरामा लुकाएर राखेको गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार