काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले सोमबार दिउँसो पक्राउ गरेको हो ।
कागेश्वरी मनहरा नगरपालिकाबाट उनलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।उनलाई राहदानी ऐन अन्तर्गतको कसुरमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
०६८ सालमा उनले उक्त ऐनअन्तर्गत कसुर गरेको फेला परेसँग उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीविरुद्ध ०८२ चैतमा मात्रै मुद्दा दर्ता भएको थियो । पक्राउ परेका भट्टराईलाई अदालतमा बुझाउने तयारी प्रहरीले गरेको छ ।
अनुसन्धानका क्रममा भट्टराई शाखा अधिकृतका रूपमा कार्यरत रहँदा तिब्बती शरणार्थीलाई गैरकानुनी रूपमा यात्रा अनुमति पत्र उपलब्ध गराई मानव तस्करीको सञ्जाललाई सहयोग गरेको आरोप लगाइएको छ।
ती अधिकारीका अनुसार उक्त प्रकरणमा भारतीय शरणार्थी शिविरमा रहेका तिब्बती शरणार्थीका नाममा फर्जी कागजात प्रयोग गरी यात्रा अनुमति पत्र जारी गरिएको आरोप छ।
नेपालमा रहेका शरणार्थीले विदेश भ्रमणका लागि गृह मन्त्रालयको सिफारिससहित निवेदन दिएपछि मात्र यात्रा अनुमति पत्र जारी गर्न सकिने कानुनी व्यवस्था रहेको छ। तर, अनुसन्धानबाट भट्टराईले आवश्यक प्रक्रिया पूरा नगरी तथा फर्जी कागजातका आधारमा अनुमति पत्र जारी गरेको आरोप पुष्टि हुने आधार भेटिएपछि उनीविरुद्ध राहदानी ऐनअनुसार मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend