काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुर महानगरपालिका–२३, धापाखेलबाट भण्डारीलाई पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराका अनुसार स्मार्ट सेलसम्बन्धी प्रकरणमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियामार्फत राज्यलाई हानी–नोक्सानी पुर्याएको आरोपमा भण्डारीमाथि अनुसन्धान भइरहेको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।
भण्डारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेकी रेखा शर्माको कार्यकालमा विज्ञका रूपमा मन्त्रीको सचिवालयमा नियुक्त भएका थिए। सचिवालयमा कार्यरत रहेकै बेला उनी नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए।
सीआईबीले प्रकरणसँग सम्बन्धित अन्य पक्षबारे पनि अनुसन्धानलाई निरन्तरता दिएको जनाएको छ।
काठमाडौँ । नेपाली काँग्रेसका नेता अभिषेक गिरीविरुद्ध २१ करोड रुपैयाँभन्दा बढी रकमको ठगीसम्बन्धी अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान...
विराटनगर । कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका...
काठमाडौँ । तराई-मधेशका विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्ना वरिष्ठ अधिकृतलाई प्रभावित क्षेत्रमा खटाइएको छ। नेपाल प्रहरीका...
काठमाडौँ। पाकिस्तानको काराकोरम हिमश्रृङ्खलामा पर्ने ब्रड पिक हिमाल आरोहणको क्रममा हिमपहिरोमा परेका १० आरोहीमध्ये चार जनाको शव फेला परेको छ। सीएनएनले पाकिस्तानको अल्पाइन क्लब अफ...
काठमाडौँ । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । कुवेतमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुम जिल्लाका ४४ वर्षीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend