Nepal Face
  • शुक्रबार, १५ साउन २०८३
  • काँग्रेस नेता अभिषेक गिरीविरुद्ध २१ करोड ठगी आरोपमा मुद्दा दर्ता


    शुक्रबार, साउन १५ २०८३
    80
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका नेता अभिषेक गिरीविरुद्ध २१ करोड रुपैयाँभन्दा बढी रकमको ठगीसम्बन्धी अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले गिरीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउँदै अभियोग पत्र दायर गरेको हो ।

    अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार गिरीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा पेश गरिएको छ । हाल अदालतमा उनको बयान प्रक्रिया जारी रहेको जानकारी दिएका छन् ।

    व्यवसायी सुभाष श्रेष्ठले दिएको उजुरीका आधारमा गिरीलाई नियन्त्रणमा लिएर सीआईबीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा श्रेष्ठको बुढानीलकण्ठस्थित घरजग्गा तथा सवारीसाधनसम्बन्धी विषयमा गिरीमाथि अनियमितता तथा कब्जा गरेको आरोप लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार